६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

१७ लाख घुस लिँदालिँदै नापी अधिकृत सहित ६ जना पक्राउ


३० फागुन, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ लाख घुससहित रुपन्देही नापी कार्यालयका अधिकृत सरोज श्रेष्ठ लगायत ६ जना पक्राउ परेका छन् ।

१७ लाख घुस लिँदै गर्दा नापी अधिकृतसहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

पक्राउ पर्नेमा नापी कार्यालयका नापी अधिकृत सरोज श्रेष्ठ, नापी सर्भेक्षक तीर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा र मतियारको रुपमा राजकुमार अर्याल पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग जग्गाको कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै उनीहरूले घुस लिएका थिए । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले लोकान्तरलाई जानकारी दिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार १९:११