१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आँचलले बिहे गरेपछि पलले किन गरे आँचललाई अनफलो ?


३० फागुन, काठमाडाैँ । लामो समयसम्म फिल्म जगतमा पल शाह र आँचल शर्मा प्रेममा रहेको चर्चा चलिरह्यो । यो जोडीलाई दर्शकले रुचाए । यी दुईको भेट ‘नाइँ नभन्नू ल ४’ को अडिसनका क्रममा भएको थियो । फिल्म वृत्तमा चर्चा चलिरह्यो, पल र आँचल प्रेममा छन् । फ्यानलाई पनि यही लागेको थियो । तर, यी दुईले आफ्नो प्रेमको हल्लाबारे कहिल्यै स्वीकार गरेनन् ।

पलले सामाजिक सञ्जाल इन्स्टाग्राममा आँचललाई फलो गरेका थिए । आँचलको इङ्गेजमेन्टको समयसम्म पनि यी दुईले एकले अर्कालाई फलो गरेका थिए । रमाइलो कुरा त पलले जम्मा १० जनालाई फलो गरेका थिए । तीमध्ये एक थिइन् आँचल शर्मा ।

हिजो फागुन २९ गते आँचल शर्माले पेशाले डाक्टर रहेका उदिप श्रेष्ठसँग बिहे गरेपछि इन्स्टाग्राममा पलले आँचललाई अनफलो गरेका छन् । पललाई इन्स्टामा १ लाख ५० हजारले पछ्याएका छन् ।

पलले मात्र आँचललाई अनफलो गरेका होइनन् । आँचलले पनि पललाई अनफलो गरेकी छिन् । जबकि, आँचलले पललाई फिल्म क्षेत्रको सबैभन्दा राम्रो साथी भएको भन्दै तारिफ गर्दै आएकी थिइन् ।

पछिल्लो समय आँचल शर्मा र पल शाहले पनि एकसाथ काम पनि गरेका छैनन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार १५:०६