१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नेपालको विकासे मोडेल कहिले परिवर्तन गर्ने ?


-पोष्ट केसी

विश्वमान चित्रमा नेपाल एउटा कम विकसित राष्ट्रहरु मध्ये एक हो । यहाको शिक्षा, स्वास्थ्य, पुर्वाधार, बेरोजगार,सामाजिक विभेद, महिला हिंसा, दण्डहिनता, जस्ता सुचकहरु निकै कमजोर छन भने अहिले गरिवी अल्पविकसित राष्ट्रका लागि प्रयावाची वनेको छन । धनी राष्ट्रको तुलनामा अल्पविकसित राष्ट्र निकै तल छन ।

गरिवी भनेको आफैमा केही होईन यो केवल सापेक्षतामा मात्र मापन गरिने कुरा हो । गरिव राष्ट्रहरुले हामी किन गरिव भईयो भनेर कहिल्यै पनि घनिभुत रुपमा समिक्षा वहस गरेको पाईदैन । गरिवी, अविकास, अशिक्षा, समाजिक विभेद जस्ता समस्याहरु केवल राजनीतिक दल, योजनाकार, राष्टसेवक, विज्ञ, सरकारका मन्त्री र सल्लाहाकारले कमाई खाने भाडो वनाएका छन ।

यसको ज्वलन्त उदाहरण हो नेपालमा निमार्ण भएका सडकहरु र पुलहरु । यी सडक तथा पुलहरु योजना, परिकल्पना र आवश्यकताको पहिचान, जनअपेक्षा तथा चाहाना र जनसंख्याको प्रक्षेपण विना हचुवाको आधारमा निमार्ण भईरहेका छन । यो नेपाल र नेपालीको लागि विडम्वना हो । किन भने आज निमार्ण गर्छ, भोली अर्कोले भत्काउछ, पर्सी अर्कोले निमार्ण गर्छ यस्तो राणाकालिन सोंच र अराजक शैलीवाट बनेका सडकले नत जनताको अपेक्षा पुरा गर्न सक्छ न दीर्घकालिन रुपमा समस्याको समाधान गर्न सक्छ । यस्था खराव प्रविर्तिका विकासे मोडेल सदाका लागि अन्त गर्नुपर्छ ।

नेपाल सरकारले बार्षिक रुपमा ठुलो धनराशी डाक्टर, योजनाकार, विज्ञ, सल्लाहार, राष्ट्रसेवक, प्रशासक, मन्त्री, सांसदहरुको क्षमता अभिवृद्धिका लागि विदेशमा पढन, तालिम र अवलोकन भ्रमण शिर्षकमा विनियोजन भई खर्च गरेको हुन्छ । विकास योजना, डिजाईन,कार्यशैली र कार्यान्वयन र दीगोपनालाई मुल्यांकन गर्ने हो भने साहै निन्दनीय र अक्षम्य हुन्छ । विदेशमा गएर हाम्रा विज्ञहरुले के सिक्छन ? के घुम्न जान्छन ? विकास, निकास र सिकासका लागि गएका हाम्रा विज्ञले हाम्रो आर्थिक तथा पुर्वाधार विकास के के योगदान गरे , समाजमा के के परिवर्तन आयो यो गम्भीर छलफलको विषय हुन जरुरी छ । अवका पुस्ताले यी अज्ञानी र काम नगर्ने, भ्रष्टाचार गर्नेसंग के अपेक्षा राख्ने ?

नेपालमा वनेका योजनाले निकास र विकास दिने भन्दा समस्या ल्याउने खालका छन । नेपालमा जति सुकै सहभागितामुलक योजना तर्जुमा कुरा गरे पनि अन्तमा गोजीका भनसुनका योजनाले प्राथमिकता पाउछन र योजना निमार्ण गर्दा हचुवामा आधारित जंगेशैलीले गर्दा नेपाल र नेपाली यो दुगति भोग्नु परेको हो यसको ज्वलन्त उदाहरण हो काठमाण्डौं लगायत नेपाल भरी वनेको पुलहरु र वन्दै गरेका पुलहरुको अवस्था ।

काठमाडौं उपत्यकामा ६० लाख भन्दा वढी मानिस वसोवास गर्छन, सडकहरु राणा शासकहरुले बग्गी चलाउने मोडेलका छन । निमांर्णाधिन आधुनिक सडक र पुलहरु पनि विकास र निकास दिने खालका भन्दा पनि वजेट कसरी सक्ने र मतदातालाई खुशी पार्ने खालका छन यस्तो शैलीले हामी नेपालीलाई गन्तव्यमा लैजान सक्दैन । जनसंख्या, बेरोजगार र अपराध भने दिनदिनै वृद्धि छ, गाडीहरुको आयात पनि वढेको छ, ट्राफिक जाम कहाली लाग्दो छ, नागरिक टवाँ परेका छन भने सरकार मुरली वजाएर वसेको छ ।

कुनै नागरिक एक ठाउवाट अर्को ठाउमा जान कहिले पनि समयमा पुग्दैन । बढदो ट्राफिक जामलाई सदाका लागि नियन्त्रण गर्नको लागि अव निर्माण हुने सडक र पुलहरु दीर्घकालिन सोच र योजना सहित अण्डर पास र फलाई ओभरको विकल्प छैन । भोटका लागि गरिने विकासले अव आधुनिक नेपाल चल्न सक्दैन किन भने अहिले पुस्ता शिक्षित छ, प्रविधियुक्त छ, उर्जाशिल छ, परिवर्तनशिल छ, भाषण सुन्नेर ताली पिटने र झोला बोक्नेखालको छैन ।

नेपालमा धेरै शासन व्यवस्था परिवर्तन भए तर मानसिकतामा परिवर्तन आउन सकेन । अवको पुस्ता राजनीतिक परिवर्तन भन्दा सामाजिक आर्थिक परिवर्तनका लागि लडने वतावरण वनाउन सवै लागौं अनि जिम्मेवार वनौं । समयले कसैलाई पनि पर्खिदैन । अव सोच बदलौं, मानसिकता वदलौं, व्यवहार वदलौं अनि परिणाम सकारात्मक आउछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार १३:२०