१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

कोरोनाको त्रासकाबीच उल्लासमय फागु (फोटोफिचर)


२६ फागुन, काठमाडाैँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व सोमबार परम्परागत रूपमा विभिन्न रङ दलेर मनाइयो ।

विगतको तुलनमा कोरोनाको त्रासको कारण यस पटक लोला भने कम भयो । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बनेको छ । हामीले यहाँ सविन श्यामाले कैद गरेका होलीका विभिन्न तस्बीरहरू प्रस्तुत गरेका छाैँ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार २२:१७