Logo

एउटी अन्धी युवतीको प्रेम कथा



-लक्ष्मण सिटाैला

स्थान-शुन्य बैठक कोठा । नेपथ्यमा अरुणा लामाको
“उदास मेरो जीवन कथा कसैलाई भनिन” गीत
मधुर स्वरमा गुन्जिरहेको छ ।

पात्र- करुणा र गोबिन्द ( बाबू छोरी )
मंच परिदृस्य :- करुणा स्कुलकै द्रेसमा हुन्छे । उस्को हातमा बीषको बोतल छ। हस्याङ फस्याङ गरेर बैठक कोठामा प्रवेश गर्छे । कोठा शुन्य छ । उ आफुलाइ एक्लो महसुस गर्छे । बोल्न सक्तिन। बीषको बोतलमा हेर्दै मनोसम्बाद बज्न सुरु गर्छ। मधुर आवाजमा अरुना लामाको गीत पनि बजिरहेको छ । नपथ्यको माइक बाट उस्ले सोचेको मनोलग सुनिन्छ । उ त्यही मनोलग अनुसार अभिनय गर्छे। बिषको सिसि छाम्दै-

” के मेरो प्रेम प्रेम होइनर ? प्रेमको लागि आखा नै चाहिन्छर ? माया गर्ने मुटु त छ नि मेरो पनि ? बोल्ने ओठ त छनि। आवाज पनि त छनि ? सिङ्गो हात र सोच्ने दिमाग त छ नि। कर्म गर्नको लागि हात पनि त छ नि ,अनि के यतिनै पर्याप्त हुन्नर तर म ..म.. म कसरी मायाको लागि अयोग्य भए .. कसरी कसरी र किन।
( दर्शक तिर हातको इसारा गर्दै ) तपाईहरु नै भन्नुस्त के म मायाको लागि योग्य छैन? यहाँ एउटा किलोमा बाधिएको पशुले प्रेम पाउछ , यहाँ बगैचाको एउटा बिरुवाले माया पाउछ, यहाँ लेख्ने एउटा निर्जीव कलमले छातीमा सिउरेर प्रेम पाउछ, यहाँ मन्दिर भित्र चुपचापले बस्ने निर्जीव ढुङ्गाले प्रेम पाँउछ।

प्रतिकात्मक तस्बीर । स्रोतः गुगल सर्च

म मान्छे हु तर प्रेम पाउदिन किन किन? म सोधिरहेछु तपाईंहरुलाइ के देख्न नसक्नु मेरो कमजोरी हो? ईश्वरले मेरो आखा खोसेत के भो ? मलाई आवाजत दिएका छन नि । तर तपाईहरु सब मलाई अन्धी भन्नुहुन्छ । के अन्धीको मन हुदैन ? के अन्धीको सपना हुदैन ? के अन्धीको बैँस हुदैन ? मलाई पनि बिहे गर्नी मन छ। मलाई पनि दुलाहा राजासग अघि अघि लागेर उसको घरमा जान मन छ ? मलाई पनि सिउदो भर्न मन छ । मलाई पनि काखमा एउटा बच्चा खेलाउन मन छ….. (रेकर्ड बन्द हुन्छ मञ्चमा एका एक सन्नाटा छाउछ अब उ प्रत्येक्ष बोल्छे दर्शक तिर फर्किदै बोल्छे ) कोही छ म सग बिहे गर्ने ? कोहि छ मलाई माया गर्ने?

दर्शकको हुल बाट एउटा किशोर उभिन्छ र बोल्छ :-

” म छु तपाई सग बिहे गर्न मन्जुर । गर्नुहुन्छ?
” बिहे मात्रै गर्ने कि माया पनि गर्ने ?”
” पहिला बिहे गर्नी अनि माया गर्ने?
” थाहा छ यहाँ कतिले बिहे गर्छन तर माया गर्दैनन् ”
” म त्यस्तो युवक होइन स्वार्थ लुटेर छोडेर भाग्ने ”
” त्यसो भए मेरा केही शर्त छन मन्जुर छ? यहाँ आउनुस “

( त्यो दर्शक दिर्घामा उभिएर बोल्ने युवा मंचमा जान खोज्छ तर हिंड्न् गाह्रो हुन्छ । उ भैमा राखेको सेतो लौरो टिप्छ तर एकाएक भैमा लडछ । अर्को दर्शकले साहारा दिन्छ र मञ्च सम्म पुर्याइदिन्छ दर्शकले थाहा पाउँछन् कि उ पनि अन्धो हो )
मंचमा पुगेपछि उ उभिन्छ । केही बोल्दैन । करुणा उ सेतो लौरो कै सहयोगले छामछाम छुम्छुम गर्दै केटो भएको स्थान सम्म
आइपुग्छे र छाम्छे । आँखा छाम्छे ,जिउ छाम्छे नाक छाम्छे कपाल छाम्छे ओठ छाम्छे अनि करुण स्वरमा भाव बिह्वल भएर बोल्छे-

करुणा :- ” तिमी पनि म जस्तै ? किन लङडाको साथी लङडाे हुन्छ , किन अन्धाको साथी अन्धो नै हुन्छ ? किन अपाङ्गको साथी अपाङ्गनै हुन्छ ? किन दुखीको साथी दुखीनै हुन्छ ? हे दैव म सोधिरहेछु तिमीलाई ? ( उ आकाश तिर फर्किन्छे )
क्रमशः ……

( यो नाटकमा एउटा मात्रै मन्च प्रयोग गरिन्छ। अन्धी युवती पात्रको दृस्य लगातार देखाइन्छ । सुरुमै उस्को मनोलग रेकर्ड बज्छ। उ त्यही अनुसारको हाउभाउ गरिरहन्छे। मंचमा अरु पात्रहरु हेरफेर हुन्छन। )

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार २०:२८
प्रतिक्रिया दिनुहोस्