८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आठ वर्षीया बालिका लिसिप्रियाद्धारा भारतीय प्रधानमन्त्री मोदीले दिएको सम्मान अस्वीकार


२६ फागुन, काठमाडाैँ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको एउटा सम्मान एक बालिकाले अस्वीकार गरेकी छिन । उनको अहिले समाजिक सञ्जालमा उच्च प्रशंशा भैरहेको छ । पर्यावरण सम्बन्धित अभियानमा सक्रिय रहेकी आठ वर्षीया लिसिप्रिया कञ्गुजमले प्रधानमन्त्री  मोदीले दिएको सम्मान अस्वीकार गरेपछि चर्चित बनेकी छिन ।

उनले आफ्नो प्रशंसा र सम्मानको सट्टा संसदमा आफ्ना मागबारे छलफल गर्न मोदीसँग आग्रह गरेकी छिन । उनले प्रधानमन्त्री मोदी र सांसदसँग जलवायु परिवर्तनसँग सम्बन्धित कानुन बनाउन माग गरिरहेकी छिन । लिसिप्रियाले ट्वीट गरेर प्रेरणादायी महिलामा आफूलाई राखेकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद दिदै धेरैपटक सोचेपछि सम्मान अस्वीकार गर्ने निर्णय गरेको बताएकी बीबीसीले जनाएको छ ।

उनी सन् २०१९ मा अन्तर्राष्ट्रिय शान्ति बाल पुरस्कारबाट सम्मानित भएकी थिइन । भारत सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा क्रियाशील महिलालाई सम्मान गर्ने क्रममा लिसिप्रियालाई पनि मनोनयन गरेको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार १२:४८