७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमण देखिएका नेपाली युवाको स्वास्थ्य सुधार उन्मुख


-बालगोपाल उपाध्याय

२६ फागुन, अष्ट्रेलिया । तास्मानियामा कोरोना भाइरसको संक्रमण देखिएका नेपाली युवाको अबस्था सुधार उन्मुख रहेको एनआरएनए तास्मानियाका संयोजक सन्देश परियारले बताउनु भएकोछ । उहाँका अनुसार निज युवकको सम्पर्कमा आएका अन्य तीन जनालाइ पनि स्वास्थ परिक्षण गर्न लगाइएको छ । भने निजको सम्पर्कमा आएका कोहि भए स्वास्थ्य परिक्षण गर्न अाउन समेत स्थानिय स्वास्थ्य अधिकारीहरुले अनुराेध गरेका छन् ।

२० वर्षीय ती युवा नेपालबाट सिंगापुर, सिड्नी हुँदै गत फागुन १४ गते तास्मानियाको होर्बाट पुगेका थिए। उनी होर्वट ग्रान्ड चान्सलर होटलमा केही समयदेखि काम गर्दै आएका थिए । उनलाई जहाजमै रुघाखोकी लागेको थियो । तर उनी यसका बाबजुद पनि स्वास्थ्य परीक्षण नगरी आफू कार्यरत होटल र कलेज पुगेका स्थानिय स्वास्थ्य अधिकारीहरुले जनाएकाछन् । नेपालबाट फर्केको ९ दिन पछि मात्र अस्पताल पुगेका थिए । त्यस स्वास्थ्य परीक्षणपछि भाइरसको पोजेटिभ लक्षण देखिएको थियो।

अस्ट्रेलियामा हाल सम्म ३८ जना कोरोना भाइरस संक्रमितहरुको उपचार भइरहेको छ भने हालसम्म भाइरसका कारण अस्ट्रेलियामा तीन जनाको ज्यान गइसकेको छ। यसैबिच अाजै क्यानवेरा स्थित नेपाली दुतावासले एक विज्ञप्ति प्रकाशित गर्दै केही समयदेखि विश्वका अधिकांश मुलुकहरूमा कोरोना भाइरसबाट सङ्क्रमित/प्रभावित हुनेको सङ्ख्या बढिरहेको र अष्ट्रेलियामा पनि यसबाट केही व्यक्तिहरू सङ्क्रमित भएको र केहीको निधनसमेत भएकाले अष्ट्रेलिया, न्युजिल्याण्डलगायत प्रशान्त क्षेत्रमा बसोबास गर्नुहुने नेपाली समुदायमा उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार १२:१४