१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

महिला विश्वकप क्रिकेटः अस्ट्रेलियाले ब्याटिङ रोज्यो, प्रभावशाली शुरुवात


२५ फागुन, मेलबोर्न । अस्ट्रेलियामा जारी टी२० महिला विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र भारतबीच मेलबोर्न क्रिकेट मैदान (एमसिजी) मा आइतबार खेल हुँदैछ । अस्ट्रेलियाका कप्तान मेग ल्यानिङले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्नु भएको छ । चालू शृङ्खलामा अस्ट्रेलिया अविजित रहेका कारण उपाधिको हकदार मानिएको छ ।

महिला क्रिकेट विश्वकपको फाइनलमा भारत पहिलो पटक पुगेको हो । एमसिजीमा ८० हजारभन्दा बढी दर्शकका सामुन्ने खेल्नुपर्ने चुनौती भारतसमक्ष छ । अर्कोतर्फ, अस्ट्रेलियाले महिला विश्वकप उपाधि चार पटक जितिसकेको छ । हरेक पटक खेलिएका विश्वकपमा अस्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको छ ।

दुबै टिममा यसअघिकै खेलाडी समावेश छन् । अस्ट्रेलियाले २.३ ओभरमा विना विकेटको क्षतिमा २६ रन बनाएको छ ।  भारतीय टोलीमा शफाली बर्मा, स्मृति मन्धना, तनिया भाटिया, जमिमाह रोड्रिगेज, हर्मनप्रित कौर (कप्तान), वेदा कृष्णमुर्ती, दिप्ती शर्मा, शिखा पाण्डे, राधा यादव, पूनम यादव र राजेश्वरी गायकवाड रहनु भएको छ ।

अस्ट्रेलियाली टोलीमा एलिजा हिली, बेथ मूनी, मेग ल्यानिङ, जेस जोनासन, अस्ले गार्डनर, राचेल हेनिस, निकाला केरी, सोफी मोलिनक्स, जर्जिया वेयरह्याम, डेलिसा किमिन्स र मेगान सूट रहनु भएको छ । (रासस/एएनआई)

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आईतवार १४:११