११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

नेल्सन मन्डेला जस्तै प्रधानमन्त्री ओली


२३ फागुन, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओली र अफ्रिकी नेता नेल्सन मन्डेलामा धेरै समानता रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सिलवालले नेता मन्डेलाले पनि राजनीतिक जीवनमा लामो समय जेल जीवन बिताएको र प्रधानमन्त्री ओलीले पनि लामो समय जेल जीवन बिताएकाले यी दुवै नेतामा समानता रहेको बताए ।

संसद बैठकमा बोल्दै उनले भने ‘संसारको राजनीतिमा हेर्दा नेल्सन मन्डेलाको लाइनमा उहाँ हुनुहुन्छ । मन्डेलाले पनि लामो समय जेल जीवन भोगेका र नेपालमा प्रधानमन्त्रीज्यूले पनि लामो समय जल जीवन बिताउनु भएको छ,’ सिलवालले भने ।

उनले त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको घटनाले नेपालको औषधी विज्ञानको भरोसा र प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरसम्मै चिनाउन सहयोग गरेको बताए । प्रधानमन्त्री ओलीको नेतृत्व मुलुकले चाहिरहेको र प्रधानमन्त्री ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट छिट्टनै फर्किने पनि उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार १३:०७