११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

नेपालले एसीसी इस्टर्न रिजन टी–२० को अन्तिम खेलमा सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै


२३ फागुन, काठमाडाैँ । नेपालले एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा शुक्रबार अन्तिम खेलमा सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दैछ । तीन वटा खेल खेल्दा दुईमा पराजित र एक खेलमा मात्रै जित निकाल्न नेपाल सफल भएको छ ।

नेपाल मलेसिया र हङकङसँग पराजित भएको थियो भने घरेलु टोली थाइल्याण्डलाई पराजित गरेको थियो । शुक्रबार प्रतिष्ठाको रुपमा लिएको नेपाल र सिङ्गापुरबीचको खेल बिहान सवा ८ बजेदेखि सुरु हुनु पर्नेमा वर्षाका कारण अहिलेसम्म टस हुन सकेको छैन ।  नेपालकाे शीर्ष दुईमा रहँदै एसिया कपको छनोट खेल्ने यात्रा भने टुङ्गिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार ०८:५२