७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अष्ट्रेलियाको एडिलेडमा नेपाली समुदायका बिचमा टेवल टेनिस प्रतियोगिता हुने


१८ फागुन, एडिलेड । एडिलेडमा आगामी मार्च २१ मा नेपाली समुदायका बिचमा टेबल टेनिस प्रतियोगिता हुने भएको छ । नेप्लिज इन एडिलेडको आयोजनामा हुने यस प्रतियोगितामा ५० भन्दा बढि प्रतियोगी सहभागी हुने आपेक्षा गरिएको अध्यक्ष प्रकाश गैरेले बताउनु भयो ।

कार्यक्रम आयोजनाको उद्देश्य प्रस्टाउदै गैरेले भन्नू भयो ञपरदेशमा काम र अध्ययनको व्यस्तता बिचमा खेलबाट मनोरञ्जन लिने र एक आपसमा भेटघाटले नेपाली समुदाय बिचमा भाइचारा सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।झउहाँले यस्ता प्रतियोगीताहरुले समुदायमा खेल प्रती लगाब बढ्ने र खेल्ने बानीको बिकास हुने जसले गर्दा स्वास्थ्य समेत सकारात्मक असर प्रभाव हुने बताउनु भयो ।

खेलमा १८ बर्ष मुनिको उमेर समूह, ३५ बर्ष माथिको उमेर समूह र १८(३५ उमेर समुहको महिला तथा पुरुष गरेर चार समुहमा खेलाइने भएको छ । बिजयी प्रतियोगीलाई कप मेडल सहित प्रमाण पत्रको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आईतवार २०:०५