११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

कांग्रेसले ललिपप देखाएपछि नेकपा प्रवेश गर्न ठिक्क परेका देवकोटा भागे, त्यसपछि कसले के भने ?


१७ फागुन, नुवाकोट । नेपाली कांग्रेसमा ३० वर्षदेखि क्रियाशिल रहेका ट्रेड युनियन कांग्रेसका अध्यक्ष शिव देवकोटा ठूलै समूह बनाएर नेकपा प्रवेशको तयारीमा थिए । केही सातादेखि नेकपा नुवाकोटका नेता बुद्धि प्रधान र विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको पहलमा उनी नेकपा प्रवेशको तयारी गरेका थिए ।

शनिबार पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनाल नुवाकोटको एउटा कार्यक्रममा सहभागी हुन आएको मौकामा जिल्ला पर्टी कार्यालयमा एउटा कार्यक्रम गरेर देवकोटालाइ पार्टी प्रवेश गराउने तयारी भएको थियो । देवकोटा स्वंयले दैनिकीसँग कुरा गर्दै आफू आजै नेकपा प्रवेश गर्न लागेको र अन्य साथीको विषयमा सेटलमेन्टमा भर पर्ने बताएका थिए । 

बिहान ९ बजेका लागि नेकपाको पार्टी कार्यालयमा देवकोटाको पार्टी प्रवेशको कार्यकम रहेको भन्दै नेकपाका केही नेता कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत जानकारी पनि बँडेका थिए । दैनिकीले पनि देवकोटा नेकपा प्रवेश गर्दै भन्ने समाचार प्रकाशित गरेको थियो । तर ९ः१५ मा पार्टी प्रवेशका लागि नेकपाको कार्यालयमा आउने बचन दिएका देवकोटा मोबाइल स्वीचअफ गरेर भागेका छन ।

उनीसहित अन्य सयौँ कांग्रेस कार्यकर्ता नेकपामा प्रवेश गर्न लागेको समाचारले कांग्रेस भित्र भूकम्प सिर्जना गरेको थियो । तर कांग्रेसका केही नेताले देवकोटालाइ प्रेस युनियनको निर्वाचनमा केन्द्रीय उपाध्यक्षको टिकट दिने आश्वासन दिएर तत्कालका लागि नेकपा प्रवेश गर्नबाट रोकेका छन । देवकोटाले सामाजिक सञ्जालमा ३० वर्षदेखिको एउटा लामो अध्ययाय समाप्त भएको घोषणा बिहानै गरेका थिए । तर कुरा नबुझ्नेले उनलाइ जन्मदिनको शुभकामना दिइरहेका थिए ।

प्रेस युनियनको उपाध्यक्षको ललिपप

देवकोटाले प्रेस युनियनको उपाध्यक्षको ललिपप पाएको कुरा समाजिक सञ्जालमै देखियो । प्रेस युनियन नुवाकोटका अध्यक्ष नवराज सुवेदी र पूर्व अध्यक्ष श्रीराम नेपाल लगायतले उनी उपाध्यक्षको उम्मेदवारको भएको भन्दै भोट मागेको प्रचार सेयर गर्न थालेका छन् । देवकोटा नेकपामा प्रवेश गर्ने अन्तिम तयारीमा रहेको अवस्थामा उनीहरूले प्रचार सेयर गरेका थिए ।

प्रेस युनियन नुवाकोटका अध्यक्ष नवराज सुवेदी र पूर्व अध्यक्ष श्रीराम नेपालले देवकोटाको बारेमा सेयर गरेको प्रचार सामाग्री ।

नेकपाको कमजोर तयारी 

नेकपाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको हातबाट टीका र खादा लगाएर पार्टीमा भित्राउने तयारी गरे पनि तयारी कमजोर देखिएको छ । किनकी नेकपाको तयारी बलियो थियो भने उनले अन्तिम समयमा धोका दिने थिएनन् । नेकपाका नेताहरू पार्टी प्रवेश गराउन अावश्यक सबै तयारी गरेर देवकोटा कुरेर बस्ने तर देवकोटा मोबाइल अफ गरेर भाग्नुले राम्रो सन्देश दिएन ।

यसले नेकपाका नेताहरूले पर्याप्त तयारी गर्न नसकेको देखायो । देवकटाले धोका दिएपछि पूर्व प्रधानमन्त्री खनालसहितका नेकपाका नेताहरू नुवाकोट दरबार परिसरमा अायोजना हुने एउटा कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका छन । उनीहरूले पार्टी प्रवेश गर्न देवकोटा नअाए पनि जिल्ला पार्टी कार्यालयको बाहिर एउटा सामूहिक तस्बीर खिचाएका छन ।

तस्बीरः श्रीकृष्ण खतिवडा/अनेरास्ववियू ।

देवकोटालाइ नेकपा प्रवेश पश्चात जिफण्टकाे अध्यक्ष, पत्रकार महासङ्घकाे अध्यक्ष, प्रेस सङ्गठनकाे केन्द्रीय सदस्य बनाउने अाैपचारिक सहमति समेत बनेको स्रोतले जनाएको छ । यो विषयमा बट्टारको होटल वाटर टावरमा पटक पटक छलफल भएको स्रोतले बतायो । तर देवकोटाले अन्तिम अवस्थामा नेकपाका नेताहरूलाइ धोका दिएका छन ।

को हुन देवकोट ? 

देवकोटा १५ वर्षदेखि कांग्रेसको मजदुर संगठनको नेतृत्वमा रहेका थिए । उनी नुवाकोटका अग्रज पत्रकार मध्येका हुन । झण्डै २५ वर्षदेखि पत्रकारितामा सक्रिया देवकोटाले साप्ताहिक र दैनिक पत्रिका प्रकाशन गर्दै आएका छन । देवकोटा पूर्वमन्त्री अर्जुननरसिंह केसीको स्वकीय सचिव र प्रेस सल्लाहकार भैसकेका व्यक्ति हुन ।

देवकोटा भागेपछि कसले के भने ? 

देवकोटा नेकपा प्रवेशको तयारी गराएर भागेपछि पत्रकारहरूले विभिन्न खालका प्रतिक्रिया जनाएका छन । सामाजिक सञ्जालमा व्यक्त भएका केही प्रतिक्रिया हामीले यहाँ समेटेका छाैँ ।

   

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार १२:५२