११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

‘लिम्पियाधुरा समेटिएको नक्सा छिट्टै’


१७ फागुन, काठमाडौं । लिम्पियाधुरासम्म समेटिएको नेपालको नक्सा सार्वजनिक गर्नुपर्ने दबाब सरकारमाथि छ । अब भने नयाँ नक्सा बनाउने कार्य अन्तिम चरणमा पुगेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताएकी छन् ।

उनका अनुसार प्राविधिक समितिले आफ्नो सुझाव मन्त्रालयमा पेस गरेको छ । यो समितिमा गृह, रक्षा, परराष्ट्र, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारी संलग्न रहेको खबर अन्नपूर्ण पोस्टमा छ । ‘नक्सा निर्माण अन्तिम चरणमा पुगेको छ’, मन्त्री अर्यालले भनिन्, ‘छिट्टै बाहिर आउँछ ।’

भारतले नेपाली भूभाग लिम्पियाधुरा, कालापानी, लिपुलेक आफ्नो राजनीतिक नक्सामा पारेको थियो । उसले २ नोभेम्बर २०१९ मा आठौं र १८ नोभेम्बर नवौं संस्करणको नक्सा सार्वजनिक गरेको थियो । यी तीन ठाउँ गरी भारतले ३ सय ९५ वर्गकिलोमिटर नेपाली भूभाग अतिक्रमण गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार ०७:४३