१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

अग्‍नि सापकोटाबिनै सुकुटे पुगे प्रचण्ड


१६ फागुन, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा गुटगत विवाद चरम चुलिमा पुर्याएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सकुटे पुगेका छन । सभामुख अग्नि सापकोटा बिनानै उनी सुकेट पुगेका हुन । प्रचण्ड सुकुटे जाँदा जहिल्यै सापकोटासँग जाने गरेका थिए । तर यसपटक सापकोटा सभामुख भएकाले सुकेट जान पाएनन् ।

सुकुटेमा सुरु महोत्सव उद्घाटन गर्न प्रचण्ड सिन्धुपाल्चोक पुगेका हुन । प्रचण्ड यसअघि पनि राजनीतिक तनाव चुलिएका बेला सुकुटे जाने गरेका थिए । सुकेटे पुगेपछि प्रचण्डले केही नयाँ निर्णय लिने गरेका छन । शुक्रवार बिहान खुमलटारमा  अोलीबिरोधी नेताहरूसँग बैठक गरेर प्रचण्ड चितवन पुगेका थिए ।  उनले सुकुटे पुगेर सुनकोसीमा र्‍याफ्टिङ पनि गरेका छन्।  प्रचण्डसँग उनकी छोरी रहेकी छिन ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार २०:४५