६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

ठगी गरेको भन्दै नायक अनमोल केसीविरुद्ध उजुरी


१६ फागुन, काठमाडाैँ । महानगरीय प्रहरी परिसर काठमाडौँमा नायक अनमोल केसीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको छ ।

नायक केसीविरुद्ध शुक्रबार फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्ने सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले फिल्म नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।


केसीविरुद्ध उक्त फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएकाे छ । गत असोज ३ गते केसीसँग श्रेष्ठ र खड्गीले ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता गरेका थिए । सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी गरेपनि केसीले फिल्म नखेलेर ठगी गरेको उजुरीमा उल्लेख छ ।

उजुरीमा केसीले हानी नोक्सानी पुर्याइ क्षति बिगो तथा कानुन बमोजिम क्षतिपूर्ति समेत दिलाइदिन माग गरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार १९:३६