११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

आईसीसीको नयाँ टी-२० वरीयता सार्वजनिक, पारस खड्काले आफ्नो स्थान सुधार गरे


१५ फागुन, काठमाडाैँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बिहीबार नयाँ टी-२० वरीयता सार्वजिनक गरेको छ । नयाँ वरियतामा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफ्नो स्थानमा सुधार गरेका छन् । टी-२० वरीयताको अलराउन्डरतर्फ पारस खड्का एक स्थान सुधार गर्दै २६ औँ स्थानमा उक्लिएका छन् ।

बलिङमा नेपाली स्पिनर सन्दीप लामिछाने दुई स्थान खस्किएका छन् । वरीयतामा स्पिनर सन्दीप लामिछाने दुई स्थान तल झरेका छन् । अफगानिस्तानका मोहम्मद नाबी अलराउन्डरतर्फ वरीयताकाे र्शीर्ष स्थानमा छन् ।  सन्दीप र पारसबाहेका नेपाली टिमका करण केसी र सोमपाल कामी अलराउन्डरतर्फ ६६ औँ स्थानमा यथावत रहेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार १८:५३