१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेकपा मालेका महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटना, अवस्था गम्भीर


१५ फागुन, बर्दिबास । पूर्वउपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटना भएको छ ।महासचिव मैनाली, उनका छोरा, बुहारी, नाति र चालकसहित झापाबाट काठमाडौँतर्फ आउँदै गरेको बा ७ च २१२० नम्बरको कार बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६८० नम्बरको भ्यानसँग ठोक्किएको हो ।


दुर्घटनामा परी मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् । दुर्घटनामा मैनाली र बुहारी पुजा गम्भीर घाईते भएका छन् ।

घाइतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ । उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार १४:१४