१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

चार जना व्यापारीको डमरूमा नेकपाका नेताहरूको दयालाग्दो नृत्य


१५ फागुन, काठमाडाैँ । अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउने नेपाली कांग्रेसका सांसद तथा अर्वपति ब्यापारी बिनोद चौधरीको डिजाइनमा सत्तारुढ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फसेको तथ्य बाहिर आएको छ । नेकपाको सचिवालय बैठकले राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्यि सभा सदस्यमा खतिवडालाई पठाउने सरकारको निर्णयबिपरित उपाध्यक्ष बामदेव गौतमको सिफारिश गरेलगत्तै चौधरीले उपेन्द्र महतो, अजेयराज सुमार्गी र दीपक भट्टको नाम लिएर आफूहरु सफल भइयो भन्दै खुसियाली साटेपछि यो तथ्य खुलेको हो ।

स्रोतका अनुसार चौधरीले अव नेकपाको सरकार भएपनि सरकार र मुलुकको अर्थतन्त्र आफूले भनेअनुसार चल्ने भयो भन्दै नेकपाको निर्णयलगत्तै खुसियाली साटनुभएको छ । चौधरीले आफूनिकटलाई बताएअनुसार खतिवडा रोक्न उहाँले दिपक भट्टलाई प्रयोग गर्नुभएको छ ।

भट्टले नै जसरी पनि राष्ट्यिसभामा जानुपर्यो, प्रधानमन्त्री बन्ने भएमात्रै जान्छु, नत्र जाँदिन भन्नुभएन भन्दै उपाध्यक्ष गौतमलाई कन्भिन्स गराउनु भएको हो । अर्थमन्त्री खतिवडाकै कारण कर छलीदेखि भन्सार छलीसम्मको काम गर्न नपाएपछि चारै जना ब्यापारीहरु सुरुदेखि नै उहाँको बिरुद्ध लागेका थिए ।

दुई बर्षे कार्यकाल सकिएपछि आफूले भनेको मान्छे अर्थमन्त्री बनाउने भन्दै हिडेका चारै जना ब्यापारीहरुले खतिवडालाई नै निरन्तरता दिने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय थाह पाएपछि रातारात बामदेव गौतमको कार्ड फाल्न लगाइएको हो । चौधरी निकट स्रोतका अनुसार खतिवडाबाहेक अरु जो आएपनि मिलाउन सकिने तर खतिवडा डगमग नहुने भएको कारण अन्तिम अश्त्रका रुपमा नेकपाका सचिवालय प्रयोग गरिएको हो ।

बिगत एक महिनादेखि चौधरी, भट्ट, सुमार्गी र महतोले अर्थमन्त्री र प्रधानमन्त्रीबिरुद्ध योजना बनाएरै अभियान चालेको र बुधवार नेकपाको सचिवालय बैठकमा त्यो अश्त्रप्रयोग गरिएको स्रोतको भनाइ छ ।

चौधरीले आफू निकटसँग नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डदेखि बरिष्ठ नेताहरुलाई पत्तै नदिई अर्थमन्त्री हटाउने खेलमा आफूहरु लगभग सफलताको बिन्दुमा पुगेको निश्कर्ष सुनाउनु भएको छ । चौधरीले यस कामका लागि भारतीय गुप्तचर संस्था रअ का दोस्रो बरियताका ब्यक्तिलाई केही दिनअघि नेपाल ल्याएको र उनले पनिभुमिका खेलेको स्रोतले बताएको छ । जनताटाइम्सबाट

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार १०:५६