४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटी २-१ ले विजयी


१५ फागुन, एजेन्सी च्याम्पियन्स लिग फुटबलको प्री-क्वार्टरफाइनलमा म्यानचेस्टर सिटीले २-१ को जित आत्मसात् गरेको छ । बुधबार राति भएको लिगको पहिलो खेलमा म्यान्चेस्टरसँग रियल मड्रिड पराजित भएको हो ।

रियलकै घरेलु मैदानमा भएको पहिलो लिगमा जित निकाल्दै म्यान्चेस्टरले अन्तिम १६ मा आफूलाई उभ्याउन सफल बन्यो ।

खेलको ६०औं मिनेटमा घरेलु टोली रियलका इस्कोले अग्रता दिलाए पनि ७८औं मिनेटमा ग्याब्रियल जिससले खेल बराबरीमा ल्याएका थिए । खेल सकिन ७ मिनेट बाँकी छँदा केभिन डी ब्रुइनीले पेनाल्टीमार्फत गोल प्रहार गर्दै म्यानचेस्टरलाई विजयी बनाए ।

च्याम्पियन्स लिगमा सिटीले रियल मड्रिडलाई पहिलोपटक पराजित गरेको हो । दोस्रो लिगको खेल सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा मार्च १० मा हुनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार ०७:१४