७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

थाइल्यान्ड जाँदै राष्ट्रिय क्रिकेट टोली


१५ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली एसीसी इस्टर्न रिजन पुरुष टी-ट्‍वान्टी कप क्रिकेटमा सहभागिता जनाउने आज थाइल्यान्ड जाँदै छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आयोजना गर्ने यो प्रतियोगिता एसिया कप छनोट पनि हो । नेपालले फेब्रुअरी २९ मा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउनेछन् । प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्नेछन् ।

थाइल्यान्ड जाने टोलीमा किशोर महतोले पहिलोपटक स्थान बनाएका छन् । भुवन कार्कीले लामो समयपछि पुनरागमन गरेका छन् । पवन सर्राफले पनि टोलीमा स्थान बनाउँदा अमेरिका र ओमान सम्मिलित त्रिदेशीय शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका कुशल मल्ल पनि थाइल्यान्ड जाने टोलीमा परेका छन् ।

टोलीसँगै अम्पायरका रुपमा नियुक्त निर्मल गुरुङ पनि थाइल्यान्ड जाँदै छन् ।

यसैबीच थाइल्यान्ड जाने नेपाली क्रिकेट खेलाडीलाई हिजो (बुधबार) बिदाइ गरिएको थियो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्‍का सदस्य-सचिव रमेश सिलवाल, नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेल तथा कोषाध्यक्ष रोशन सिंहले बिदाइ गरेका हुन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार ०७:४१