१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

रूपन्देहीका कांग्रेस नेता यादव ७० हजार घुससहित पक्राउ


१४ फागुन, रूपन्देही । नेपाली कांग्रेस रूपन्देहीका एक नेता घुससहित रंगेहात पक्राउ परेका छन । जिल्लाको सम्मरीमाई गाउँपालिका( ५ का अध्यक्ष समेत रहेका कांग्रेस नेता श्रवणकुमार यादव घुससहित रंगेहात पक्राउ परेका हुन । उनले सेवाग्राहीसँग ७० हजार घुस खाएका थिए । जन्मदर्तादेखि मृत्यु दर्तासम्म घुस खाने गरेको आरोप यादव माथि लाग्दै आएको थियो ।

नेपाल सरकारका सहसचिव डा भिष्मकुमार भुषाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको प्रमुख भएर गएकै दिन आयोगको कार्यालयले यो सफलता प्राप्त गरेको हो । आयोगको टोलीले सोही क्रममा उच्च अदालत बुटवल इजलासका सरकारी वकिल कार्यालय सहयोगी महेन्द्र यादवलाइ पनि रंगेहात पक्राउ गरेको छ ।

वडा अध्यक्ष यादवले चार किल्ला सिफारिस वापत ७० हजार र सरकारी वकिल कार्यालयका सहयोगीले बन्दी प्रत्यक्षीकरणका नाममा १५ हजार घुस लिदै गर्दा पक्राउ परेको आयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । घुस र कमसहित पक्राउ परेका दुवै जनाको अनुसन्धान भइरहेको भुसालले बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार २१:२०