१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

राष्ट्रियसभाका लागि अर्थमन्त्री डा युवराज खतिवडाको नाम सिफारिस


१४ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको एक सदस्यका लागि अर्थमन्त्री डा युवराज खतिवडाको नाम सिफारिस गर्ने भएका छन । प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको सदस्यका लागि डा खतिवडाको नाम सिफारिस गर्न लागेको स्रोतले जनायो ।

ओलीले खतिवडाको नाम सिफारिस गर्ने बारेमा नेकपाका सचिवालय सदस्यहरूलाइ जानकारी समेत दिएका छन । बुधबारको पार्टी सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले वामदेवलाई राष्ट्रिय सभामा मनोनित गर्न सरकारलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिएका थिए ।

बामदेवले प्रधानमन्त्री हुन नपाएपछि राष्ट्रियसभाम नजाने अडान यसअघि राखेका थिए । तर अहिले उनी प्रधानमन्त्री नपाए पनि राष्ट्रियसभामा जान तयार भएका छन । यद्यपी सचिवालयका एक सदस्यका अनुसार गाैतमलाइ राष्ट्रियसभामा लैजाने कुरा भएको हो तर मन्त्रिपरिषद्को सिफारिसको कोटामा भने हैन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार १८:४४