१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

बार्सिलोना र नापोली बराबरी


१४ फागुन, एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना र नापोलीले बराबरी खेलेका छन् । नापोलीको घरेलु मैदानमा भएको खेलमा डेरिस मार्टिन्सले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए पनि एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

मार्टिन्सले ३०औं मिनेटमा गोल गर्दै घरेलु टोली नापोलीलाई सुरुवाती अग्रता दिलाए । बार्सिलोनका एन्टोनी ग्रिजम्यानले ५७औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

खेल सकिन एक मिनेट बाँकी छँदा आर्तुरो भिडाल रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बार्सिलोनाले १० खेलाडीमा सीमित भएको थियो । दोस्रो लिग बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार ०८:५८