१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

शेरबहादुर तामाङ र गोकुल बाँस्कोटाले मात्रै देखाउनु पर्ने कस्तो नैतिकता ?


१४ फागुन, काठमाडौँ । अहिले सबैभन्दा बढी चर्चामा छ निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा । चर्चाको मुख्य कारण ७० करोड हो । हक्की स्वभावका बाँस्कोटाले ७० करोड बार्गेनिङको आरोप लाग्ने बित्तिकै प्रधानमन्त्रीसँग सल्लाहगरी पदबाट राजिनामा दिएर छानविनका लागि अनुरोध गरे ।

तर छानविन सहज बनाउनका लागि सहयोग गर्ने भन्दै मार्गप्रशस्त गरेका तीनै बाँस्कोटामाथि नेकपा भित्रकै एउटा ममूहका आक्रामक ढंगले लागेको छ । कतिसम्म भने गोकुल बाँस्कोटालाइ बालकोटबाटै लखेट्नुपर्छ भनेर स्थानीयलाइ उचाल्नेसम्मको काममा लागेका छन । यसमा चौधरी ग्रुपको दानापानीले पालिएका नेकपाकै एक केन्द्रीय सदस्य र पूर्व माओवादीका केही रहेको बुझिएको छ ।

यही बीचमा सामाजिक सञ्जामा केही सार्थक र सान्दर्भिक बहसहरू सिर्जना भएका छन । धेरैले शेरबहादुर तामाङ र गोकुल बाँस्कोटाले मात्रै देखाउनु पर्ने कस्तो नैतिकता रु भन्दै प्रश्न गर्न थालेका छन । यहीबीचमा केही सन्दर्भ उल्लेख गर्दै अनेरास्ववियूका पूर्व केन्द्रीय सदस्य किरण देउजाले केही सन्दर्भसहित उल्लेख गरेर प्रश्न गरेका छन ।

उनले नैतिकता भन्ने कुरा तत्कालीन बागमती अञ्चलका अझ पुर्व एमालेका नेताहरुलाई मात्र लाग्ने हो रु हो भन्दै प्रश्न गर्दै खानेपानीमन्त्री विना मगर, शिक्षामन्त्री गिरीराजमणि पोखरेल र कांग्रेस नेता गगन थापाले नैतिकता पोलेर खाएको आरोप लगाएका छन । उस्तै प्रकृतिका प्रकरणमा केहीलेमात्र देखाउनु पर्ने यो कस्तो नैतिकता भन्ने उनको मुख्य प्रश्न रहेको छ ।

यस्तो छ देउजाको टिप्प्णी

नैतिकता भन्ने कुरा बागमती अञ्चलका अझ पुर्व एमालेका नेताहरुलाई मात्र लाग्ने हो?
नैतिकता देखाएकाहरु:

१) बंगलादेशमा नेपाली चेली माथि अमानवीय व्यबहार हुन्छ भनेर, तत्कालीन कानून मन्त्री शेरहबादुर तामाङले भने। विरोध भएपछी राजीनामा दिए। (२०७५ श्रावण)

२) पुरै अडियो आएको छैन् , स्विस कम्पनीका एजेन्ट भनिएका सँग अडियोमा कमिसनको डिल गरेको भन्दै व्यापक विरोध भएपछि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिए। (२०७६/११/८)

नैतिकता भन्ने चिज पोलेर खाएकाहरु:

३) खानेपानी मन्त्री विना मगरले “म सँग ६ अर्व कमिसन माग्नुभयो, नदिएपछी सरुवा गर्नुभयो, गजेन्द्र ठाकुर” तत्कालीन खानेपानी मन्त्रालयका सचिव।

४) होटल द्वारिकामा श्रीकृष्ण गिरिले “म सँग २० करोड माग्नुभयो, जुन रकम शिक्षामन्त्री गिरिजारजमणि पोखरेल र नारायणकाजी श्रेष्ठ सम्म पैसा पुर्‍याउन पर्छ”, भनेर दुर्गा प्रसाईले पत्रकार सम्मेलन गरे। जो बि एण्ड सि हस्पिटलका सञ्चालक समेत हुन्।

५) काङ्ग्रेसका गगन थापाले खसी पाल्दाको अनियमितता, विपि कोईराला स्वास्थ्य प्रतिष्ठानमा रौनियार (नाम बिर्से) सँग १४ करोड लिएको, वीर अस्पतालको मेसिन्न किन्न गरेको घोटाला को के कुरा। अरुलाई औंला सोझ्याउने मात्र हुन्।

माथिको त केही दृष्टान्त मात्र हुन्। यस्ता चिज खोज्ने हो भने धेरै भेटिन्छ।

एउटा उखान छ नि “दुर्गन्ध चाडै फैलिन्छ, सुगन्ध ढिला”
अन्त्यमा, भुलचुक लिनेदिने। ?

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार ०९:२०