१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

टी-ट्‍वान्टी सिरिज : दक्षिण अफ्रिकासँग अस्ट्रेलिया पराजित


१२ फागुन, काठमाडौं । घरेलु टिम दक्षिण अफ्रिकाले दोस्रो टी-ट्‍वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई पराजित गर्दै तीन खेलको शृंखलामा १-१ को बराबरी गरेको छ । पोर्ट एलिजावेथमा आइतबार रातिको खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १२ रनले हराएको हो ।

दक्षिण अफ्रिकाले दिएको १५९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १४६ रनमै समेटियो ।

उसका लागि डेभिड वार्नरले अविजित ६७ रनको अर्धशतकीय इनिङ्स खेलपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान क्‍विनटन डी ककले ७० रनको अर्धशतकीय इनिङ्स खेले । पहिलो खेलमा अस्ट्रेलिया १०७ रनले विजयी भएको थियो । –एजेन्सी

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार ०७:३०