१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

आईटीएफ विश्व जुनियर टेनिस च्याम्पियनसिपमा नेपाललाई स्वर्ण


११ फागुन, काठमाडाैँ । आइटीएफ विश्व जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ । इन्डोनेसियाको राजधानी जकार्तामा आज नेपालले पुरुष टिम स्पर्धामा यु–१४ उमेर समूहमा स्वर्ण जितेको हो ।

फाइल फोटो ।

नेपाली पुरुष टोलीले फाइनलमा श्रीलङ्कालाई २–१ सेटले पराजित गरेको हो । नेपाली टोलीका प्रशिक्षक कृष्णराज घलेका अनुसार यसअघि नेपालले पाकिस्तानलाई २–१, सिरियालाई ३–० तथा सिङ्गापुरलाई २–१ सेटले हराएको थियो ।

यु–१४ समूहमा नेपालबाट अकी जुवेन रावत, आरभसम्राट हाडा र प्रणव मानन्धरले प्रतिस्पर्धा गरेका थिए । विजेता नेपाल र उपविजेता श्रीलङ्का आगामी मार्चमा अस्टे«लियामा हुने विश्व जुनियर प्रतियोगिताका लागि छनोट भएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आईतवार २२:४३