१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

स्पेनिस ला लिगा : आइबरविरुद्ध बार्सिलोनाको सानदार जित


११ फागुन, काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति आइबरविरुद्ध भएको खेलमा बार्सिलोनाले सानदार जित हात आत्मसात् गरेको छ । कप्तान लिओनल मेसीको ४ गोलसँगै साबिक विजेता बार्सिलोनाले आइबरलाई ५-० गोलले स्तब्ध बनायो ।

पहिलो हाफमै ह्याट्रिक गरेका मेसीले दोस्रो हाफमा १ गोल थपेका थिए । अर्को गोलको योगदान भने आर्थर मेलोको रह्‍यो ।

जितसँगै रियल मड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । २५ खेलबाट बार्सिलोनाको ५५ अंक हुँदा एक खेल कम खेलेको रियलको ५३ अंक छ ।

खेल बार्सिलोनाको घरेलु मैदान नोउक्याम्पमा भएको थियो । बार्सिलोनासँग पराजित आइबर भने २४ अंकसहित अंक तालिकाको १६औं स्थानमा छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आईतवार ०७:०६