७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सन्दीप लामिछानेले विकेट लिए बापतको पुरस्कार गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई दिए


१० फागुन, काठमाडाैँ । क्रिकेट खेलाडी सन्दीप लामिछाने धुर्मुस–सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गर्नुभएको छ । चितवनको भरतपुरमा निर्माणाधीन रङ्गशालाका लागि उहाँले रु ७० हजार फाउन्डेशनलाई हस्तान्तरण गर्नुभएको हो ।

सन्दीपले गत महिना कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग दुई खेल्ने क्रममा हरेक विकेट लिए बापतको रकम रङ्गशाला निर्माणका लागि सहयोग गर्ने घोषणा गर्नुभएको थियो । उहाँले प्रत्येक विकेट लिए बापतको रु आठ हजार ८४८ सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

सन्दीपले ओमान र अमेरिकासितका चार खेलमा आठ विकेट लिनुभको थियो । सोही विकेट बराबरको रकम फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई हस्तान्तरण गरिएको हो । सन्दीप रङ्गशाला निर्माणका सद्भावनादूतसमेत हुनुहुन्छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार १६:१५