६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

देशमा भ्रष्टाचारको बिरोध गर्ने वातावरण नै छैनः कांग्रेस नेता महत


९ फागुन, पर्सा । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले देशमा भ्रष्टाचारको बिरोध गर्ने वातावरण समेत नरहेको बताएका छन । नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका मान्छे माथि पनि सरकारले बल प्रयोग गरेको बताए ।

उनले भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेविसङ्घका नेता/कार्यकर्तामाथि बल प्रयोग गरी भ्रष्टाचारलाई ढाकछोप गर्न सरकार उद्यत रहेको बताए । नेता महतले मुलुकमा बढदै गएको महङ्गी, अनियमिता, भ्रष्टाचारविरुद्ध आम जनतालाई जानकारी दिन चाँडै काँग्रेस सडकमा निस्कने बताए ।

उनले ७० करोड कमिसन प्रकरणको स्वतन्त्र र निष्पक्षरूपमा छानबिन गर्नुपर्ने धारणा राखे । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामाले मात्र नपुग्ने भएकाले यस कमिसन प्रकरणको तल्लो तहसम्म स्वतन्त्र तथा निष्पक्ष छानबिन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार २०:१२