१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

चीनबाट फर्किएका नेपाली भन्छनः हाम्रो बाच्ने रहर सरकारले पूरा गरिदियो, हामी खुशी छाैँ


-डा विकाश न्यौपाने

घुटन, यो नेपाली शब्द निकै मर्मस्पर्सी रहेछ, हो हामी चीनको हुबेइ प्रान्तमा आ-आफ्नो पढाईको क्रममा बस्ने बिधार्थीहरुको त्यस्तै परिस्थिति थियो । जुन कोरोना भाइरसको फैलावोटबाट अति नै पिडा, त्रास र डरले हाम्रो जिबनको हर पल ढ ढकाएको थियाे । हो हिजोकाे दिनमा हामी सारै आतिएका थियौँ । कहिले आफ्नै मातृभुमि जान पाउछौँ भनेर पर्खेएका थियौँ । तर प्रतिक्षाको फल मिठो हुन्छ भन्ने नेपाली उखान आज आफ्नै जीवनम सावित भयो ।

चीनमा हुँदा हामीले लगातार नेपाल सरकार र राजदुताबाससँग कुरा गर्याै र हामी पर्खियाैँ । आज हामी नेपालमा आइसकेका छौँ । हामी अत्यन्तै खुशी छौँ । यो खुशीको श्रेय सबै नेपाल सरकारलाई दिन चाहन्छौँ । मन हर्सले गद गद भएको छ । हामी सबैको अनुहारमा चमक छ जसमा नेपाली चन्द्र सुर्यको छायाँ देख्न सकिन्छ । राष्ट्र र सरकारप्रतिको आदर र इज्जत नेपाल सरकारका सम्बन्धित निकाय, बिर नेपाली सेना, नेपाली राष्ट्र सेबक प्रहरी र अन्य सहयोगी हातहरुप्रति नमन छ र पक्कै पनि उहाँहरुले गरेको उद्दार र सहयोगप्रति हामी धेरै आभारी छौ र ह्रिदयदेखि नै धन्यबाद दिन चाहन्छु।

ह्रिदयदेखि नै सरकार र मेरो देशको प्रशंशा गर्दै भन्न चाहन्छु आज हामी साच्चै पनि बाहिर तड्पिएको माछा पानीमा पौडी खेल्दा रमाए जस्तै रमाएका छौ, जब नेपाल सरकारले नेपालीहरुलाइ उद्धार गर्ने र नेपाल फर्काउने निर्णय गर्यो र हामी सबैलाई राजदुताबासले खबर गर्यो हामी धेरै खुशी भयाैँ र दिएको समयमा हामी बिमनिस्थलतिर हिड्ड्यौँ र विमानस्थलमा सबै नेपालीहरुको भेट भयो सबैमा छुटै हर्ष थयो । अनि वुहानको एरपोर्टको मेडिकल चेक जाँच पास गरेर हामी भित्र प्रवेश गर्याैँ र नेपाली ध्वजाबाहक वाइडबडी हामीलाई पर्खेको देख्दा साञ्चै नै आँखाबाट खुशीका आँशु आए, सबै थकित थिए तर नेपालको माया र सरकारले गरेको काम र सरकारको नागरिकप्रतिको उत्तरदायित्व देखेर सबै थकान मेटियो मनमा सरकारप्रतिको इज्जत बढेर गयो सबै खुशी थिए ।

जब सबै नेपालीहरु वाइडबडीमा प्रवेश गरे । आ-आफ्नो ठाउँमा बसेउ । त्यसपछि सबैको मुखबाट एउटै आवाज आएको थियो, सरकार हाम्रो साच्चै अभिभाबक हो । अझै सबै नेपालीहरुले हाम्रो प्रधानमन्त्री केपी शर्मा अोलीको कामको तारिफ गर्दै भने आफु बिरामी हुँदाहुँदै नागरिकको लागि येति धेरै सोच्ने प्रधानमन्त्री शायदै होलान । सबैलाई यही कुराको आभास भयो, अझैले जब आफ्नो परिचय दिएर तपाइहरुलाई यहाँबाट आफ्नो देश लैजान मौका पाएकोमा एकदमै गौरवान्वित छु भनेर जहाज उडाउनु भयो र जहाजले चिनियाँ भूमि छाड्दा सबै नेपालीले ताली बजाएर नेपाली राष्ट्रिय गीत गएका थिए, जुन दृष्य साच्चै नै रास्ट्रप्रेम ले भरिएको थियो ।

सबै यात्रुलाई खानाको राम्रो बन्दोबस्त गरिएको थियो र जहाज भित्र नि सबै कुरा यति राम्रोसंग बेबस्थित गरिएको थियो जुन सच्चिनै तारिफ गर्ने भन्दा नि माथि थियो । जब जहाज अवतरण को घोषणा भयो सबैजना हर्षित थिए र जब जहाजले हाम्रो जमिन टेक्यो सबै नेपालीले ताली बजाए र सबैलाई कृतज्ञता ब्यक्त गरे ।

एरपोर्टमा पनि सबै कुरा यति राम्रोसँग व्यवस्था मिलाइएको थियो कि जुन साच्चिनै आकर्षक थियो । सबै खटिएका कर्मचारीहरुको सक्रियता र बेबस्थापन देखेर लग्यो मेरो देश कम छैन र कम हुन्न । सरकारले देश र जनताको विश्वास जितेको छ आफ्नो जिम्मेबारीमा कमी हुन दिएको छैन । साच्चै नै सरकार जनताप्रति उत्तरदायी छ भन्ने आभास भयो । त्यहाँको प्रक्रिया सकिए पछि हामी सरकार ले तोकेको क्वारेन्टाइन स्थल खरिपाटी आयौ र आउँदा पनि नेपाल प्रहरीको पूर्ण सुरक्षामा थियाैँ हामी ।

जब हामी खरिपाटी आयौ हामीलाई तिन ओटा भवनमा बाँडेर राखियो महिलाहरुको लागि छुट्टै भवन थियो । यहाँको व्यवस्थापन येति धरै राम्रो थियो जुन कुरा बर्णन गरेर साध्य छैन । हामीलाई दिनहुँ चाहिने समानदेखि लिएर यहाँ बस्ने, सुत्ने, ऒड्ने सबै कुराहरुमा कुनै कुराको कमि छैन । नुहाउन चौबिस घण्टा तातो चिसो पानि । कपडा धुन सबै भवनमा वाशिंङ मेसिन । इन्टरनेट । नास्ता र खानाको समय तालिका व्यवस्थित । स्नान कक्ष सफा र बेबस्थित टोइलेट, हरेक तल्लामा टेलिभिजन र सफा बाताबरणले सन्चै नै मन छोयो । सबैले प्रधानमन्त्री र सरकारको खुलेरै तारिफ गरे । साच्चीनै नेपालमा जनताको सरकार छ भन्ने लग्यो । महिलाहरुको भवन र व्यवस्थापन कस्तो छ भनेर सोध्दा पनि कुनै कुराको कमि थिएन भन्ने साथीहरूले जवाफ दिए ।

हुबेइ कै चिङ्ग्चोउ मा MBBS आध्यनरत डाक्टर सज्ज़ना न्यौपानेलाई सोध्दा पनि दिल खोलेर सरकार र प्रधानमन्त्रीको तारिफ गरिन र भनिन दाइ हाम्रो पनि एकदम राम्रो छ कुनै कुरा को कमि छैन । सबै जना एकदम खुसि छौँ । अरु दक्षिण एशियाको देशहरु भन्दा त हाम्रै व्यवस्थित छ । मैले त यति राम्रो होला भनेर सोचेकी पनि थिइन । दाई अहिले हामीलाई सरकारले ज गर्यो सन्चै मर्नबाट बचायो जस्तो भाको छ । यो सरकारले हामीलाई गरेको उद्दार र यहाँको व्यवस्थापनले मन जितेको छ र सधै नेपालमा यस्तै उत्तरदायी सरकार भए अवश्य पनि सबै नेपली सधै खुशी हुनेछन् ।

खरिपाटी आएपछि सबै नेपालीहरु मानसिक तनाबबाट मुक्त भएका छन् । यहाँको स्वास्थ्य परीक्षणको लागि नेपाल प्रहरी र नेपाल सेनाका डाक्टरहरु खटिएका छन् । सबैको नियमित स्वास्थ्य परीक्षण भएको छ कुनै कुराको अभाव छैन । सबैको घरमा कुरा गरेर यहाँको व्यवस्थापन बताउदा अभिभावकहरु पनि आफ्ना सन्तानप्रति सरकारले गरेको काम र व्यवस्थापनले गर्दा खुशी र आनन्दको सास फेरेका छन् । सरकारले गरेको यो काम र प्रधानमन्त्रीले देखाएको तत्परता र सम्पूर्ण सहयोगी हातहरुप्रति आभारी छौँ र यो सरकारले गरेको उद्दार र येहा आइसके पछि गरिएको व्यवस्थापनले सान्चै नै मन जितेको छ र यो सदाको लागि अविस्मरणीय छ । म लगायत खरिपाटीमा बसेका नेपालीहरु सरकार र प्रधानमन्त्री प्रति कृतज्ञता व्यक्त गर्दै राज्यको लोककल्णायकारी कामको तरिफ गर्दछाैँ ।

(लेखकः रुपन्देही मुर्गियाका न्याैपाने हाड जोर्नी तथा नशा रोग विशेषज्ञ हुन।)

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार १३:३०