७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

९ फागुन, काठमाडौं । एकाएक हिजो (बिहीबार) सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भयो । त्यही समाचार लेख्‍न पाएन भन्दै एक पत्रकारले पूरै पत्रकारिताबाटै संन्यासको घोषणा गरे- त्यो पनि सामाजिक सञ्जालबाट । यद्यपि उनको यो घोषणा १२ घण्टा पनि टिकेन । पछि उनैले फेसबुक र ट्विटरमार्फत आफू कार्यरत पत्रिकाको र आफ्नो बचाऊ गर्दै अर्को घोषणा गरे कि अब पत्रकारितामै थप सशक्त भएर लाग्छु भनेर ।

उसो त मन्त्री बाँस्कोटाले नैतिकताकै आधारमा भन्दै राजीनामा त दिए । उता भिडियो लिक गर्ने, मन्त्रीसँग पैसाको बार्गेनिङ गर्ने विजयप्रकाश मिश्र खुच्चिङ भन्दै दारु पार्टीमा मस्तराम भए । खासमा सेक्युरिटी प्रिन्टिङ खरिदका नाममा सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग कमिसनको कुरा गर्ने विजयप्रकाश मिश्र अहिले विजयी भावमा संसार जितको महसुस गर्नु ठीकै हो । मिश्रले पनि कुस्त आम्दानीकै लागि मन्त्री बाँस्कोटासँग पैसाको बार्गेनिङ गरेको प्रस्ट देखिन्छ । तर बाँस्कोटाले उनीसँग कुरा गरे पनि उनको कमिसनको प्रस्ताव अस्वीकार गरे ।

 

हुन त अडियो सुन्दा मन्त्री भन्दा पनि मिश्रले निकै चलाखीपूर्ण अडियो रेकर्ड गरेको प्रतित हुन्छ । उनले जानेरै बाँस्कोटालाई फसाउने नियतले नै मोबाइलमा भएको संवाद रेकर्ड गरेको प्रस्ट बुझ्न सकिन्छ । मिश्रले थोरै बोल्ने चाह राखेका बाँस्कोटालाई जबरजस्ती बोल्नै पर्नेगरी संवाद गरेका छन् । र, उनीनै सबै विषयमा अाफैँ अात्तिएको भावमा कुरा गरिरहेका छन ।

विजय मिश्र ‘ठगीका नाइके’, नेपालमा स्वीस कम्पनीको दलाल नरहेको दूतावासबाट पुष्टि

अडियो लिक भयो, बास्कोटाले मन्त्रीको पद गुमाए । रहेको साख गुमाए । तर मिश्रले यो अडियो सार्वजनिक गर्नेबित्तिकै उन्मुक्ति पाउनुपर्ने हो र ? के उनी दोषी छैनन् ? प्रश्न गम्भीर छ । मिश्रले मन्त्रीकै मनशाय बुझ्नका लागिमात्र अडियो रेकर्ड गरेको बताएका छन । उनले मन्त्रीको मनसाय बुझ्ने नाममा जे पनि गर्न मिल्ने हो ? अनि प्रहरीले खोज्दा नभेटिने उनी मिडियासँग अन्तरवार्ता दिइरहेका छन ।

चरित्र हत्या गर्ने उद्देश्यले अडियो रेकर्ड गरेको भन्दै हिजै बसेको सार्वजनिक लेखा समितिका सदस्यहरुले माग गरे । यत्ति मात्र होइन मिश्रलाई कारबाही गर्नुपर्ने भन्दै साइबर क्राइम ब्युरोलाईसमेत पत्र काटियो । लेखा समितिका तर्फबाट सचिव रोजनाथ पाण्डेले बिहीबार मिश्रलाई अडियो सार्वजनिक गरेको भन्दा पनि सांसदहरुको चरित्र हत्या गरेको आरोपमा ब्युरोलाई पत्राचार गरेका थिए ।

समितिले गरेको पत्राचारमा सोही अडियो फेसबुकमा पोस्ट गरेर सार्वजनिक गर्ने प्रभातकिशोर उपाध्यायलाई पनि कारबाहीको माग गरेको छ । यसको वास्तविकता मिश्र जति दोषी छन् उपाध्याय पनि कम दोषी छैनन् । तर समितिले प्रहरीको साइबर क्राइम ब्यूरोमा पत्र लेखेको विषय नै विवादित बनेको छ ।

हेर्नुहोस् ब्युरोलाई सार्वजनिक लेखा समितिले लेखेको पत्र :

उता समितिले सेक्युरिटी खरिद प्रक्रिया रोक्न सरकारलाई निर्देशन पनि दिइसकेको अवस्था छ । खरिद प्रक्रियाबारे पनि प्रश्न सार्वजनिक भएपछि समितिको बिहीबारको बैठकले प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो । सोसम्बन्धी निर्णयको जानकारी समितिले बिहीबार नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पठाइसकेको छ ।

हो घूस लिनु र दिनु दुवै अपराधी हुन् । यद्यपि यो मामिलामा गोकुल बाँस्कोटाले घूस (कमिसन) त लिएनन् । बरु कमिसन लिनका लागि मिश्रले भने उद्धत गरेको देखिन्छ । उनै मिश्रले बाँस्कोटालाई यतिसम्म दिन सकिन्छ भन्दै लकारेको बुझ्न सकिन्छ । तसर्थ बाँस्कोटाले जसरी नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिए त्योभन्दा बढी मतियार मानिएका मिश्रले आफैं प्रहरीसामु आत्मसमर्पण गरी यो काण्डको वास्तविकता अनुसन्धानका लागि प्रहरीलाई सघाउनुको विकल्प छैन ।

उसो त बास्कोटा सञ्चारमन्त्रीसँगै लेखा समितिका सदस्य पनि हुन् । प्रधानमन्त्रीका विश्वासपात्र बाँस्कोटालाई एकाएक तल गिराउने कामम जसरी मिश्र लागे उसै गरी प्रतिपक्षी कांग्रेस पनि लाग्यो । त्यतिमात्रै होइन यसमा प्रधानमन्त्रीको सचिवालयका केही व्यक्ति पनि लागे भनिएको छ । यो प्रकरणको वास्तविकता के हो ? अहिले नागरिकले जान्न चाहेका छन ।

के गोकुल बाँस्कोटा साँच्चिकै दोषी थिए । या त दलाल बनेका मिश्र सद्धे थिए । यो भने अनुसन्धानले खुलाउने पाटो हो । हामी बुझ्दै नबुझी सामाजिक सञ्जालमा एकतर्फी दृष्टिकोण सार्वजनिक गर्नु कतै मूर्खता त होइन । एकपटक सोचौं । दोषी को हो ? दोषी प्रमाणित भएपछि मात्र आगो ओकलौं । यो त एउटा प्रवृत्ति हो यस्ता सयाैँ घटना लुकेका छन् तीमाथि निर्ममपूर्वक खोजी भई सुखी नेपाली, समृद्ध नेपालको पथमा अघि बढ्नुको विकल्प छैन ।

कहिले स्वीस कम्पनीको दलाल भन्ने त कहिले विज्ञ भनेर संसदको सार्वजनिक लेखा समितिमा गएर धारणा राख्ने मिश्र ठगीको नाइके रहेको खुलासा भएको छ । नेकपाकै नेता भीम रावलहरूले पार्टीको प्रदीवेदन बुझाउन ७ महिनासम्म मसमय मिलाउन नसक्ने सचिवालये प्रधानमन्त्रीसम्म ठग विजयलाइ कसरी पुर्यायो । उनले २ महिना अघि नै प्रधानमन्त्रीलाइ उक्त अडियो बुझाइसकेको बताएका थिए । अझै बताइरहेका छन ।

तीनैले गोकुल बास्कोटाको मनसायमात्र बुझ्न अडियो रेकर्ड गरेको भन्नु उनी कुनै पनि स्वीस कम्पनीको दलाल नरहेको पुष्टि हुनुले बास्कोटा माथि षडयन्त्र नै भएको पनि आशंका गरिएको छ । घटनाका सम्बन्धमा अब अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन गर्ने प्रकिया अघि बढाइसकेको छ । शायद केही सातामा छानविन पूरा  भएपछि वास्तविकता आउला तर त्यो भन्दा पहिला नै बास्कोटको सामाजिक जीवन चकनाचुर बन्न पुगेको छ ।

स्वीस दूतावासको विज्ञप्ति

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार १०:२५