१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

लायन्स क्लबको सहयोगमा तनहुँको अमरज्योति माध्यमिक विद्यालयकाे भवन निर्माण


९ फागुन , दमौली । लायन्स क्लब इन्टरनेशनलको सहयोगमा तनहुँको व्यास नगरपालिका–१२ स्थित अमरज्योति माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ ।  रु दुई करोड सहयोगमा विद्यालयको आठकोठे भवन निर्माण भएको हो । गत वर्ष फागुन ७ गते शिलान्यास भएको उक्त भवनको बिहीबार लायन्स क्लब अफ नेपाल ३२५ का एरिया लिडर बालकृष्ण बुर्लाकोटी र क्लबका डिष्ट्रिक गभर्नर इन्दु लम्सालले उद्घाटन गर्नुभयो । विसं २०७२ को भूकम्पले क्षति पुगेको भवन निर्माणका लागि लायन्स क्लब इन्टरनेशनले आर्थिक सहयोग गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित भण्डारीले नयाँ भवन निर्माण भएसँगै पठनपाठनमा सहजता हुने जानकारी दिनुभयो । लायन्स क्लबले अपाङ्गता भएकालाई ह्विलचियर, न्यून दृष्टियुक्त व्यक्तिलाई सेतो छडी र बहिरा व्यक्तिलाई श्रवणयन्त्र वितरणसमेत गरिरहेको छ । यसअघि लायन्स क्लबकै सक्रियतामा व्यास –१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा विज्ञान प्रयोगशालाका लागि रु एक करोड आर्थिक सहयोग र दमौली अस्पताललाई रु १६ लाख बराबरको उपकरण हस्तान्तरण भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार १०:२२