१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

प्रमोद खरेलको ‘धोकेबाज’ (भिडियोसहित)


९ फागुन, काठमाडौं लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ । गीतमा दीपेन्द्र पोख्रेल ‘देबेन’को शब्द, हरि लम्सालको सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र चन्द्र चौधरीको मिक्सिङ/मास्टरिङ छ ।

सान थापाको निर्देशन र राजीव समिरको कोरियोग्राफी रहेको गीतको भिडियोमा केकी अधिकारी, रेम्बो अधिकारी, रिया पोखरेल र संगीत बस्यालको अभिनय देख्‍न सकिन्छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार ०७:५१