८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

फ्राइडे रिलिज : ‘आमा’ र ‘सेन्टी भाइरस’ को भिडन्त


९ फागुन, काठमाडौं आज नेपाली दुई चलचित्रको रिलिज हुँदै छ । दीपेन्द्र के. खनालले निर्देशन गरेको चलचित्र ‘आमा’ र कलाकार धुर्मुस-सुन्तलीले बनाएको चलचित्र ‘सेन्टी भाइरस’ रिलिज हुन लागेका हुन् ।

चलचित्र ‘आमा’मा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरीलगायत कलाकारको अभिनय देख्‍न पाइन्छ ।

यता रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘सेन्टी भाइरस’ले राजनीतिक-सामाजिक विषय उठान गरेको छ । यसमा धुर्मुस-सुन्तलीसँगै दयाहाङ राई, बुद्दि तामाङको अभिनय देख्‍न पाइनेछ ।

साथै आज नै बलिउड चलचित्र ‘शुभ मंगल ज्यादा सावधान, ‘भूत : द हन्टेड सिप’ पनि रिलिज हुँदै छन् । अनि हलिउड फिल्म ‘द कल अफ द वाइल्ड’ पनि आजै प्रदर्शनमा आएको छ । यसको मतलब आजै ५ चलचित्र रिलिज हुँदै छन् । बक्सअफिसमा भने कुन चलचित्रले बाजी मार्ला त्यो त पछि नै थाहा होला ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार ०७:०३