१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

सञ्चारमन्त्रीको सचिवालयमा अख्तियारको छापा, महत्त्वपूर्ण कागजात नियन्त्रणमा


८ फागुन, काठमाडौँ । सञ्चार मान्त्रालयमा अख्तियार दुरूपयो अनुसन्धान आयोले छापा मारेको छ । गोकुल बाँस्कोटाले सञ्चारमन्त्रीबाट राजिनामा दिए लगत्तै अख्तियारको टोलीले मन्त्रीको सचिवालयमा छापा मारेको हो । आयोगको टोली अपरान्ह ४ बजेपछि आएर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको एक कर्मचारीले बताए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको भन्दै टेन्टर नपाउने एक विचौलिया विजय मिश्रले अडियो सार्वजनिक गरेपछि आयोको टोलीले मन्त्रीको सचिवालयमा रहेका महत्वपूर्ण कागजात नियन्त्रणमा लिएर गएको हो । आयोगको टोलीले मन्त्री बाँस्कोटाले विभिन्न योजनाका निर्णय तथा निर्णय गर्न बाँकी फाइलहरु समेत नियन्त्रणमा लिएको छ ।

अख्तियारबाट मन्त्रालयमा पुगेको टोलीले बाँस्कोटाका निजी सचिवालयको कागजात जफत गरेको छ भने मन्त्रीले प्रयोग गर्दै आएको दराजका कागजातमा पनि सिलबन्दी गरेको छ। बास्कोटाले बिहीबार मात्रै मन्त्री पदबाट राजिनामा दिँदै आफूले गल्ती गरेको प्रमाणित गर्न चुनौति दिएका छन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार २२:५२