Logo

सबै सरकारी सुविधा फिर्ता गरेर प्रधानमन्त्रीका सल्लाहकार थापासँग घर फर्किए बाँस्कोटा



८ फागुन, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजिनामा दिएका नेकपाका नेता गोकुलप्रसाद बाँस्कोटा सबै सरकारी सुविधा बालुवाटारमाै त्यागेर घर फर्किएका छन । मन्त्रीबाट राजिनामा दिए लगत्तै उनले इमान्दारिता पूर्वक मन्त्रीको हैसियतामा प्राप्त सबै सुविधा त्यागेका हुन ।

बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिए लगत्तै झण्डावाल गाडी र अंगरक्षक प्रधानमन्त्रीनिवास बालुवाटारमै छाडेर बाँस्कोटा प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो गाडीमा राखेर बालकोट स्थित निवासमा पुर्‍याएका हुन । बास्कोटा मन्त्री भएदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार १९:५५
प्रतिक्रिया दिनुहोस्