१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सहरी विकास मन्त्रीमा नेम्वाङ


८ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अर्को व्यवस्था नहुँदासम्मका लागि सहरी विकास मन्त्रालयको जिम्मेवारी भाैतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बवाङले पाएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेम्वाङले सहरी विकास मन्त्रालयको जिम्मेवारी बहन गर्ने गरी तोकेकी हुन ।

सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै अाएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले दिएको राजिनामा स्वीकार गर्दै प्रधानमन्त्री ओलीले नेम्वाङलाइ रिक्त मन्त्रालयको जिम्मेवारी दिन सिफारिस गरेका हुन । प्रधानमन्त्रीको सफारिसमा राष्ट्रपति कार्यालयले उनको राजीनामा स्वीकृत गर्दै उनले सम्हालेको सहरी विकास मन्त्रालयको जिम्मा नेम्वाङले सम्हाल्ने जानकारी दिएको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार १९:०१