११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

सञ्चार मन्त्रालयको जिम्मा डा युवराज खतिवडालाई


८ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अर्को व्यवस्था नहुँदासम्मका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा युवराज खतिवडाले सम्हाल्ने भएका छन । सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट गोकुलप्रसाद बाँस्कोटाले दिएको राजिनामा स्वीकार गर्दै प्रधानमन्त्री ओलीले डा खतिवडालाइ रिक्त मन्त्रालयको जिम्मेवारी दिन सिफारिस गरेका हुन ।

प्रधानमन्त्रीको सफारिसमा राष्ट्रपति कार्यालयले उनको राजीनामा स्वीकृत गर्दै उनले सम्हालेको सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार १८:४२