८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नैतिकताका आधारमा राजीनामा दिएँ : गोकुल बास्कोटा


८ फागुन, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाले नैताकिताका आधारमा राजीनामा दिएको बताएका छन् ।

बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका थिए ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकाले सम्मानीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’

 

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार १६:२८