१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

काठमाण्डु पोस्टको सम्पादकमा सञ्जिव सतगैया, काफ्लेको राजिनामा स्वीकृत


८ फागुन, काठमाडौँ । काठमाण्डु पोस्टको सम्पादकमा सञ्जिव सतगैया नियुक्त भएका छन । कान्तिपुर पब्लिकेशनको काठमाण्डु पोस्टका सम्पादक अनुप काफ्लेको राजिनामा स्वीकृत गर्दै व्यवस्थापनले सञ्जिव सतगैयालाइ सम्पादकमा नियुक्त गरेको छ । काफ्लेको राजिनमा बुधबारबाट लागू हुने गरी स्वीकृत गरिएको छ ।

केहीदिन अघि चीनको विषयमा प्रकाशित एउटा लेख र फोटोका बारेमा तीब्र ओलचना र चिनियाँ असन्तुष्टि सार्वजनिक भएकै समयमा कान्तिपुर व्यवस्थापनले काफ्लेको राजिनामा स्वीकृत गरेको हो । कान्तिपुर स्रोतका अनुसार काफ्लेले एक महिना अघि नै राजिनामा दिएका थिए । काठमाण्डु पोस्टमा प्रकाशित समाचारको विषयलाइ लिएर चिनियाँ पत्रकार र दूतावासले कडा आपत्ति जनाएका थिए ।

काफ्लेको पक्षमा बुधबार सम्पादहरू भन्दै १७ जनाले हस्ताक्षरबिनाको विज्ञप्ति जारी गरेर एक्येबद्धता जनाएका थिए ।

यो पनि पढ्नुहोस्

काठमाण्डु पोस्टमा प्रकाशित लेख र फोटोले चिनियाँ नागरिकको अपमान भयोः चिनियाँ पत्रकार वर्षा

-काठमाण्डु पोस्टको लेख चीनको राजनैतिक प्रणाली माथिको क्रुर आक्रमणः चिनियाँ दूतावास

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार १४:४८