१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा “पर्यटन परी”, रोबर्टले तीन भाषामा जानकारी दिने


८ फागुन, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारबाट रोबोटको सेवा सुरु शुभारम्भ गराएका छन । मन्त्रीले शुभारम्भ गरेको सेवा अन्तगर्त रोबोटले यात्रुलाई अभिवादन गर्नेछन् । रोबर्टले नेपाली, अंग्रेजी र चिनियाँ भाषामा सूचना प्रवाह गर्न सक्ने बताइएको छ ।

रोबोट सेवाको शुभारम्भ गर्दै मन्त्री भट्टराईले विमानस्थल प्रविधिमैत्री र आधुनिक बन्दै गएको जानकारी दिए । मन्त्रीले यसले यात्रुहरुलाई सेवा दिन उपयुक्त ठानेमा अन्य विमानस्थलमा पनि यसलाई स्थापित गर्न सकिने उनको भनाइ छ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार १४:३७