१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

‘अडियो’बारे सञ्चारमन्त्री बाँस्कोटाले दिउँसो पत्रकार सम्मेलनमा जवाफ दिने, यस्तो छ वास्तविकता


८ फागुन, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विभिन्न मिडियामा प्रशारित भएको ‘अडियो’ टेपबारे मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नेक्रमममा स्पष्ट पार्ने बताएका छन । कार्यक्रमको शिलशिलामा सुदुरपश्चिमको कञ्चनपुरमा रहेका मन्त्री बास्कोटाले दिउँसो मन्त्रालयमा हुने नियमित पत्रकार सम्मेलनमा ‘अडियो’बारे स्पष्ट पार्ने बताएका छन ।

विदेशी कम्पनीको नेपाली दलाल (विचाैलिया) विजय मिश्र र सञ्चारमन्त्रीको बीचमा भएको संवादको एउटा अडियो अहिले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल बनेको छ । मिश्रले आफूले टेन्डरमा सहभागी भएर कमिसन नपाउने भएपछि मन्त्रीले ७० करोडको कमिसन मागेको भन्ने अडियो बनाएर सार्वजनिक गराएका छन ।

मिश्र तीनै व्यक्ति हुन जसले टेण्डर नपाउने भएपछि संसदको सार्वजनिक लेखा समितिमा उजुरी हालेका थिए । सेक्युरेटी प्रिन्टिङ प्रेसका विषयमा यसअघि नै मन्त्रिपरिषद्ले जिटुजी गरी खरिद गर्ने निर्णय गरिसकेको छ । मन्त्री बाँस्कोटाकै प्रस्तावमा प्रेस खरिदमा जिटुजीको मोडल रोजेको थियो । सरकारले जिटुजीको बाटो रोजेपछि मिश्रले टेण्डर नपाउने निश्चित भएको थियो । विचाैलियाहरूले यस विषयमा मन्त्री बास्कोटा पत्रकार सम्मेलनकै क्रममा पनि पटक पटक स्पष्ट कुरा राख्दै आएका थिए ।

मन्त्री बाँस्कोटाले अडियो सार्वजनिक भएपछि आफूले कुनै गल्ती नगरेको प्रतिक्रिया दिएका छन । उनले आफूले कुनै कमजोरी नगरेको बताएका छन । मन्त्री बास्कोटाले अडियोको बारेमा विस्तृतमा दिउँसो पत्रकार सम्मेलनमा जानकारी दिने बताएका छन ।

यो पनि पढ्नुहोस्

-संसदको लेखा समितिको बैठकमा विज्ञको नाममा विचाैलिया, व्यापारिक स्वार्थमा चिप्लिदै समिति

 

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार १०:३०