४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

नुवाकोटका २४ वर्षीय युवाले ९ पृष्ठ लामो ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरे


८ फागुन, काठमाडाैँ । नुवाकोटका एक २४ वर्षीय युवाले ९ पृष्ठ लामो ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन । नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नम्बर ३ ढुंगानागाउँका २४ बर्षीय अर्पन ढुंगानाले ९ पृष्ठ लामो ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेको उनका साथी कृष्णमणि ढुंगानाले जानकारी दिए ।

ढुंगानाले ९ पृष्ठ लामो सुसाइड नोट लेखेको तर प्रहरीले अहिलेसम्म उक्त नोट अाफन्तलाइ नदिएको बताइएको छ । बुधबार बिहान सामान किन्ने भन्दै निस्किएका अर्पन  अपरान्ह ४ः३० बजे घरभन्दा माथि झुण्डिएको अवस्थामा फेला परेका थिए । स्थानीयले उनलाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । ढुंगनाको शव पोस्टमार्टका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार १०:०१