११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

च्याम्पियन्स लिग : आरबी लिपजिगसँग टोटनहम १-० ले पराजित


८ फागुन, काठमाडौं च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब आरबी लिपजिगले टोटनहमलाई १-० ले हराएको छ । मैदानमा घरेलु दर्शकको साथ पाए पनि आरबीसँग टोटनहम निरिह बन्यो ।

बुधबार राति प्री-क्‍वार्टरफाइनलअन्तर्गतको खेलमा टोटेनहम जर्मन क्लब आरबी लिपजिगबाट स्तब्ध बनेको हो ।

घरेलु मैदानमै पहिलो लेगको भएको यो खेलमा पराजित भएसँगै टोटेनहमको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ ।

खेलको ५८औं मिनेटमा टिमो वार्नरले पेनाल्टीमा गरेको गोलले लिपजिगलाई जिततर्फ डोर्‍यायो । कप्तान ह्यारी केन र सन ह्युङ मिनलाई चोटका कारण गुमाएको टोटेनहमले जर्मन क्लबबिरुद्व जित निकाल्न सकेन । –एजेन्सी

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार ०७:५१