१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

रणवीरसँगकाे विवाहबारे यसाे भन्छिन् आलिया


७ फागुन, एजेन्सी । बलिउडका चर्चित जोडी रणवीर कपुर र आलिया भट्टको विवाहको कुरा सधैँ चर्चाको विषय हुने गरेको छ । केहि समयअघि उनिहरूले डिसेम्बरमा विवाह गर्ने चर्चा चलेको थियो । रणवीरसँग आफ्नो विवाहको चर्चा चलिरहेकै समयमा नायिका आलियाले मुख खोलेकी छिन् ।

जुम टेलिभिजनसँगको अन्तर्वार्तामा आलिया भन्छिन्, ‘मलाई थाहा छैन अहिले कुन झुटो खबर फैलिरहेको छ । हरेक ३ हप्तामा विवाहकाे नयाँ- नयाँ मिति सार्वजनिक भैरहेको छ । मलाई यस्ता कुरा मनोरञ्जनात्मक लाग्छन् । यसमा म मनोरञ्जन मात्र देखिरहेकी छु ।’

यसअघि आलियाका बुबा महेश भट्टले उनिहरू दुइजना अहिले प्रेममा रहेको र आफुलाई पनि रणवीर मनपर्ने बताउँदै उनिहरू आफ्नो सम्बन्धमा के गर्छन्, विवाह कहिले गर्छन् भन्ने उनिहरूको अधिकारको कुरा भएको बताएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार १३:३३