१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विश्वविद्यालयले राष्ट्र हाक्न सक्ने जनशक्ति उत्पादन गरे समृद्धिको यात्रा सफलः मन्त्री पोखरेल


७ फागुन, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले युगमा आएको परिवर्तनलाई आत्मसात् गर्दै नवप्रवर्तन र अनुसन्धान केन्द्रित शिक्षा दिन विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।

बानेश्वर बहुमुखी क्याम्पसको २९ औँ वार्षिकोत्सवमा मंगलबार मन्त्री पोखरेलले विगतको ज्ञान हस्तान्तरण गर्ने विश्वविद्यालय शिक्षाबाट माथि उठेर विश्वविद्यालयले अब नयाँ ज्ञान निर्माणमा जोड दिनुपर्ने बताउनुभएको हो ।

मन्त्री पोखरेलले विश्वविद्यालयले राष्ट्र हाक्न सक्ने जनशक्ति उत्पादन गरे समृद्धिको यात्रा सफल हुने र कामको संसारसँग पढाइको संसार मेल खानुपर्नेमा जोड दिँदै शिक्षाको राष्ट्रिय नीति ल्याइएको जनाउनुभयो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार ०८:५०