१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

स्वास्थ्यमन्त्री ढकालद्धारा खरिपाटी क्वारेन्टाइनको निरीक्षण


६ फागुन, काठमाडाैँ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भक्तपुरको खरिपाटी क्वारेन्टाइनको निरीक्षण गर्नुभएकाे छ । स्वास्थ्यमन्त्री ढकालले प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसहित अरु सुरक्षाकर्मीसँग क्वारेन्टाइन व्यवस्थापनका सम्बन्धमा ब्रिफिङ लिनुभएको छ ।

स्वास्थ्यमन्त्री ढकालले कन्ट्रोल रुमबाट सम्बोधन गर्दै उद्दार गरिएका नेपालीलाई सरकार आफ्ना नागरिकप्रति सचेत र जिम्मेवार रहेको बताउँदै सरकार सधै नागरिकको साथमा रहेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री ढकालले क्वारेन्टाइनमा केही समस्या अप्ठ्याराे परे तुरुन्तै व्यवस्थापनमा जुटेका टोलीलाई जानकारी गराउन समेत आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलवार १७:२४