६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तरकोरियाली शासक उनबीच जुन १२ मा सिंगापुरमा भेटवार्ता हुने


२८ वैशाख, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाली शासक किम जोन बीच सिंगापुरमा भेटवार्ता हुने तय भएको छ । योसँगै अमेरिका र उत्तरकोरियाली नेताहरूबीच हुने भनिएको लामो समयदेखि प्रतिक्षा गरिएको शिखर सम्मेलन आगामी जुन १२ मा हुने निश्चित भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेताबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिँदै आएको तनाव अन्त्य गर्ने र उत्तर कोरियाको आणविक हतियारबारे विश्व समुदायबाट व्यक्त चासोका बिषयमा वार्ता केन्द्रीत हुने जनाइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार १०:०८