८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

हैट, कोरोना आतंक ! ब्रा, स्यानिटरी प्याडदेखि सुन्तलाको मास्क (फोटो फिचर)


६ फागुन, काठमाडौं नोभेल कोरोना भाइरसबाट विश्‍व अहिले त्राहिमाम छ । कोरोना भाइरसबाट विश्वभर हजारौं हजार सर्वसाधारण संक्रमित भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । गत डिसेम्बरबाट चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस अहिले अन्य देशमा पनि फैलिन थालेको छ ।

कोरोना संक्रमण बढेसँगै मास्कको माग पनि बढेको छ । केही अघि हङ्‍कङ्‍मा मास्क अभाव भएको सामाचार नै  सार्वजनिक भएको थियो । नेपालमा पनि यही मौका हो भन्दै केही व्यापारीहरुले दोब्बर मूल्यमा मास्क बेच्न थालेका छन् । कोरोना भाइरसकै कारण विश्व बजारमा मास्कको माग ह्‍वात्तै बढेको छ ।

यसरी मास्को माग बढेसँगै बजारमा अभाव देखिएको छ । केही ठाउँमा व्यापारीहरुले कालोबजारी गरिरहेको समाचार पनि आइरहेकै छन् । यसरी मास्क अभाव भएसँगै चिनियाँहरुले यसको विकल्पमा विभिन्न उपाय अपनाउन थालेका छन् ।

उट्पट्याङ चिनियाँले मास्कका रुपमा ब्रा, स्यानिटरी प्याड, सुन्तलाको बोक्रा लगाएर सार्वजनिक भएका केही तस्बिर छन् जसलाई हेरेर हाम्रो हाँसो थाम्न गाह्रो हुन्छ । कोरोना भाइरसबाट जोगिन चिनियाहरुले गरेका अनेक फन्डा हामी पनि हेरौं । –एजेन्सी

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलवार ०७:०४