४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

६ फागुन,  काठमाडौं अभिनेत्री आँचल शर्मा १ वर्षदेखि प्रेममा छिन् । आँचलको प्रेम डा. उदीप श्रेष्ठसँग छ ।

आँचल-उदीपको जोडीले यही फागुन २९ गते बिहे गर्दै छन् । गत वर्षको दसैंमा उदीपलाई भेटेपछि नजिक भएकी आँचल अहिले ‘खुल्लम-खुला प्यार’मा रमाइरहेकी छन् ।

सुरुमा आँचलले उदीपलाई साथीको सम्बन्ध मात्र रहेको बताउँदै आएकी थिइन् । ‘नाइँ नभन्नू ल ४’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी आँचल अभिनेता पल शाहसँगको प्रेम सम्बन्धको चर्चा नेपाली फिल्म नगरीमा नचलेको पनि होइन । तर, दुवैले साथी मात्र भन्दै आएका थिए ।

जे-होस् आँचल-उदीपको सम्बन्ध सुमधुर र खुसी होस् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलवार ०७:०१